वेस्ट इन्डिजमाथि भारतको जित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वेस्ट इन्डिजमाथि भारतको जित


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । एक दिवसीय सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध भारतले जित हात पार्न सफल भएको छ ।

बिहीबार राति ब्रिज टाउनमा भएको खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत विजयी भएको हो ।

भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतका लागि इशान किशनले सर्वाधिक ५२ रन बनाए । यस्तै, शुभमन गिल ७, सूर्यकुमार यादव १९, हार्दिक पाण्डेया ५ रनमा आउट भएका थिए । यस्तैगरी, रबिन्द जडेजा १६ र रोहित शर्मा १२ रनमा नटआउट रहे । सार्दुल ठाकुर एक रनमा पेविलियन फर्किएका थिए ।

सुरुआतमा ब्याटिङ गरेको वेस्ट इन्डिज १ सय १४ रनमा अलआउट भयो । कुलदिप यादवले ४ विकेट लिएका थिए । साइ होपले सर्वाधिक ४३ रन बनाए ।

यस्तै, भारतका कुलदिपले ४ विकेट लिएको खेलमा रबिन्द जडेजाले ३ विकेट हात पारे । हार्दिक पाण्डेया, मुकेश कुमार, सार्दुल ठाकुले समान एक विकेट लिए ।

भारतले तीन म्याचको एक दिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस