सेती नदीमा डुबेर बालक बेपत्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेती नदीमा डुबेर बालक बेपत्ता


१२ श्रावण २०८०, शुक्रबार


दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवै जना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस