ठुला करदाताको प्रमुखमा शर्मा, मन्त्रालय तानिए राजेश्वर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ठुला करदाताको प्रमुखमा शर्मा, मन्त्रालय तानिए राजेश्वर


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । ठुला करदाता कार्यालयको प्रमुख (प्रमुख कर प्रशासक)मा जनकराज शर्मालाई खटाइएको छ ।

बुधवार अर्थ मन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयको अतिरिक्त‘बरन्डा’मा रहेका शर्मालाई प्रशासकमा खटाएसँगै त्यहाँका राजेश्वर ज्ञवालीलाई मन्त्रालय तानिएको छ । तत्काललाई ज्ञवाली शर्माको ठाउँमा ‘बरन्डा’मा पुगेका छन् ।

बढुवा भएसँगै तीन महिना बढी समयदेखि शर्मा जिम्मेवारीविहीन हाटा (हाजिर गर्ने टाप कस्ने) को अवस्थामा थिए । उनको ठाउँ अब ज्ञवालीले लिएका छन् भने क्विन्टल सुन काण्ड पछि तानिएका विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलले ज्ञवालीको साथ दिने भएका छन् । पोखरेलेको ठाउँमा राष्ट्रिय कितावखानाका महानिर्देशक टोकराज पाण्डेलाई पठाइएको थियो ।

ठुला करदाता कार्यालय मालदार अड्डाका रूपमा लिइन्छ । चैतदेखि असारसम्मको समयलाई ‘खास सिजन’का रूपमा मानिँदै आएको छ ।

पछिल्लो समय ठूलो लटमा चलाउँदा बढी हल्लीखल्ली हुने र चर्चा परिचर्चा हुने भएसँगै एक–दुई जना तान्ने पठाउने प्रचलन निजामतीमा बढ्न थालेको छ । त्यसो हुँदा खटनपटनमा सहज हुने कर्मचारी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस