प्रहरीद्वारा ८ हजार ८ सय ९६ थान हतियार नष्ट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रहरीद्वारा ८ हजार ८ सय ९६ थान हतियार नष्ट


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । प्रहरीले ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ ।

विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, बरामद भएका वा बेवारिसे भरुवा बन्दुक ६ हजार ७४ थान, बाह्र बोर १ सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल १ हजार ७६ थान, म्याग्नम २ सय ३२ थान, एयर गन २९ थान, सर्ट गन २ सय २९ थान, थ्रीनटथ्री राइफल ६ सय २६ थान, रिभल्भर ३ सय ३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार नष्ट गरेको हो ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका-११ का वडाध्यक्ष लगायतको उपस्थितिमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ (३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस