पुर्जाको रेकर्ड तोड्दै १४ हिमाल चढेर हरिला र शेर्पाले बनाए नयाँ रेकर्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुर्जाको रेकर्ड तोड्दै १४ हिमाल चढेर हरिला र शेर्पाले बनाए नयाँ रेकर्ड


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ । उनीहरूले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ । यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस