Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गरिनुपर्छ : मन्त्री शर्मा


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयले आयोजना गरेको संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीहरूको अन्तर्क्रिया छलफललाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रवाहमा एकरूपतामा ल्याउन एकद्वार प्रणाली आवश्यक रहेको बताएकी हुन् ।

आम जनताले हरेक मन्त्रालयका वेबसाइट हेरेर सूचना पाउने अवस्था झन्झटिलो हुने भएकाले सबै मन्त्रालयका वेबसाइट सूचना तथा प्रसारण विभागको वेबसाइटमा एकीकृत गरेर त्यसमार्फत सूचना प्रवाह गर्ने तयारी थालिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।

सूचनाको हक नागरिकको मौलिक भएको र यसले नागरिकलाई बलियो बनाउन सहयोग गर्ने भएकाले सही सूचना समयमै प्रवाह गर्नु राज्यका हरेक निकायको दायित्व भएको उनले बर्ताइन् ।

सबै मन्त्रालयका गतिविधिको दैनिक रिपोर्टिङ हुने र त्यससम्बन्धी सूचना एकद्वार प्रणालीबाट प्रवाह हुँदा नागरिकलाई सूचना लिन सजिलो हुने र सरकारको प्रभावकारितामा पनि थप स्थापित हुँदै जाने मन्त्री शर्माको धारणा छ । मन्त्रालय तथा निकायहरू सूचना अभिलेखीकरण महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले जतिसक्दो चाँडो सबै सूचनाको अभिलेख राख्न र सूचनाको वर्गीकरण गर्न पनि आग्रह गरिन् ।

हरेक मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भोलिपल्ट सार्वजनिक गर्ने परिपाटी रहे पनि त्यसमा सम्बन्धित मन्त्रालयका प्रवक्ताको उपस्थिति नहुँदा विस्तृत सूचना सार्वजनिकमा कठिनाइ हुने गरेको उल्लेख गर्दै उनले मन्त्रिपरिषद् बैठकबाट कुन मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय भएको छ, त्यसबारे जानकारी दिन सम्बन्धित मन्त्रालयका प्रवक्ता पठाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस