गगन थापाले निर्वाचन आयोगमा तिरे १५ हजार जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गगन थापाले निर्वाचन आयोगमा तिरे १५ हजार जरिवाना


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्।

निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले थापासहित २ हजार ४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै थापाले आफूले जरिवाना रकम तिरेको जानकारी दिएका हुन्। उनले आफूले खर्च विवरण गत मंसिर २४ गते नै जिल्ला निर्वाचन कार्यालयमा बुझाएको तर आयोगलाई जानकारी दिनुपर्ने विषय थाहा नभएको पनि उल्लेख गरेका छन्।

‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु।’

आयोगले प्रतिनिधि सभाका १०३७ र प्रदेश सभाका १२९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस