लम्पी स्किनलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग : क्षतिपूर्ति नपाए आन्दोलन गर्ने चेतावनी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

लम्पी स्किनलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग : क्षतिपूर्ति नपाए आन्दोलन गर्ने चेतावनी


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले देशव्यापी रूपमा फैलिएको लम्पी स्किनलाई महामारी घोषणा गरी पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको घोषणा गरेको छ ।

सञ्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सञ्जालका संयोजक गणेश तिमिल्सिनाले राष्ट्रिय किसान सञ्जाल देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् ।

लम्पी स्किन रोगबाट पशुमा धेरै क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, जस्ता विविध कुरालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सञ्जालले आन्दोलन घोषणा गरेको हो ।

यस्तै,सञ्जालले कालिमाटी फलफूल तथा तरकारी बजार विकाससमितिले खुला प्रतिस्पर्धाविना सटर भाडामा लिएकाहरूसँग नवीकरण गरेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बेथितिको पनि अन्त्य हुनुपर्ने माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस