Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको छ : सञ्चारमन्त्री शर्मा


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, साइवर सुरक्षा नीति मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले, साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाइएको र अब केही दिनमै त्यो मन्त्रिपरिषद्ले पारित गरेर नीति बन्ने बताएकी हुन् ।

अहिले नेपालमा सूचना प्रविधिको विकास अनुरूपको नीति बन्न नसकेको उनको स्वीकारोक्ति छ ।

उनले भनिन् ‘साइवर सुरक्षा पोलिसी बनाएर क्याविनेट पठाएका छौँ र क्याविनेटमा छिटो छिटो त्यो नीति बन्ने छ । अहिले के भइरहेको छ भने सूचना र प्रविधि क्षेत्र अगाडि अगाडि हाम्रा नीति नियम र काम पछाडि पछाडि जस्तो जुन अवस्था भएको छ, यसको हामी अन्त्य गर्न खोज्दैछौं । ’

उनले नयाँ पिँढीलाई सूचना प्रविधिको सकारात्मक सहयोग लिन सक्ने गरी विकास गर्न र सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको औँल्याइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस