विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । अमेरिका र मेक्सिकोमा सन् २०२६ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र आज हुँदैछ । ड्र मलेसियास्थित क्वालालम्पुरमा नेपाली समयअनुसार आज मध्यान्ह ११:४५ बजे खेल सुरु हुनेछ ।

नेपालसहित २० राष्ट्रले होम एण्ड अवेको आधारमा प्लेअफ पार गरेपछि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् । फिफा वरीयताका अनुसार एसियामा रहेका पुछारका २० टोलीले प्रारम्भिक प्लेअफ छनोट खेल्नुपर्नेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई ४/४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी सबै टोलीलाई दुई पटमा विभाजन गरिएको छ । पहिलो पटमा २७ देखि ३६ स्थानमा रहेका नेपाल, हङकङ, इन्डोनेसिया, चाइनिज ताइपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार, कम्बोडिया सहितको टोली रहेका छन् । दोस्रो पटमा ३७ देखि ४६ स्थानका टोली भुटान, मकाउ, बंगलादेश,मंगोलिया, लाओस, ब्रुनाई, टिमोर–लेस्टे, पाकिस्तान, गुआम र श्रीलंका रहेका छन् ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि युवा खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस