काठमाडौँ । काठमाडौँको प्रहरी प्रभाग बुढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
स्थानीय कुखुरे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गरिदिने भन्दै उनले घुस लिएको अवस्थामा पक्राउ गरीएको आयोगका प्रवक्ता भोला दाहालले प्रशासनलाई जानकारी दिए ।
घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बुढानीलकण्ठ नगरपालिका-२ वासिकबाट उनलाई पक्राउ गरेको हो ।
सिंहबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।