देउवाद्वारा असोज २ गते केन्द्रीय समिति बैठक आह्वान  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देउवाद्वारा असोज २ गते केन्द्रीय समिति बैठक आह्वान 


१० श्रावण २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने गरी बोलाएका छन् ।

विधानतः काँग्रेसको केन्द्रीय समितिको बैठक २ महिनामा एक पटक बस्नुपर्दछ । साउन २ मा बोलाइएको बैठक एकवर्ष पछि बसेको थियो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकको पहिलो दिन प्रस्तुत गरेको प्रतिवेदनमा विधान अनुसार बैठक बस्न नसकेको बताएका थिए ।

विधानलाई कार्यान्वयन गर्ने गरी देउवाले असोज २ गते अर्को बैठक बस्ने सार्वजनिक रूपमा भनेका छन् ।

बैठक अन्त्य गर्दै अर्को मिति देउवाले घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस