स्ववियु सभापति जैशीविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्ववियु सभापति जैशीविरुद्ध पक्राउ पुर्जी जारी


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)का स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम जैशीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतले जैसीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जैसीविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता भएको थियो । अछामको घोडासैनी स्थायी घर भएका २६ वर्षीय जैसीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको थियो । 

जैशीले ५ लाख रुपैयाँको चेक दिए पनि नसाटिएपछि थापाले बाउन्स गरेर प्रहरीमा जाहेरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस