काँग्रेस महासमिति बैठक मंसिर ११ देखी काठमाडौँमा हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस महासमिति बैठक मंसिर ११ देखी काठमाडौँमा हुने


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । काँग्रेसले मंसिरमा काठमाडौँमा महासमितिको बैठक बोलाउने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय गरेको हो ।

नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट कार्य गर्ने गरी महासमितिको बैठक काठमाडौंमा बोलाउने निर्णय गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसको केन्द्रीय विधान २०१७ संशोधनसहितको धारा १७ को उपधारा ५ बमोजिम १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । नीति अधिवेशनसम्बन्धी निर्णय अब सोही महासमिति बैठकले गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस