‘सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुख्यो’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुख्यो’


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुखेको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले र नेपाली काँग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि सांसद पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गरे।

उनले सरकारले केही राम्रो काम गर्दा सांसदहरूले साथ दिनुपर्नेमा चिच्याएर अवरोध खडा गरेको बताएका हुन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका विभिन्न निकायहरूको अनुसन्धानले देखाएको नेपालको भ्रष्टाचारको अवस्था र त्यस्तो अवस्थालाई सुधार गर्न सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टो राजीनामा मागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘ट्रान्सपरेन्सीको प्रतिवेदन नहेरेका हौँ ?,’ पौडेलेले भने, सरकारले केही राम्रो काम गर्न खोज्दा सांसदहरूले चिच्याएर रोक्न उद्धत हुन्छ भने कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाई दिन चाहन्छौँ ?’

भ्रष्टाचारमा सानो ठूलो माछा नहुने पनि पौडेलको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस