काँग्रेस सांसदद्वारा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

काँग्रेस सांसदद्वारा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग


१० श्रावण २०८०, बुधबार


काँग्रेस सांसदद्वारा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताएको छ ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले डा. रामशरण महतको विदेशमा खाता देखिएको भन्दै राजीनामा दिएर बसेको स्मरण गर्दै यो अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।

“मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,” उनले भने, “दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न ।”

Tags :
प्रतिक्रिया दिनुहोस