गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । आम जनता पार्टी (आजपा)ले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका रौतहटका सत्तारुढ राजनीतिक दलहरू एकजुट भएको आजपाको आरोप छ ।

मङ्गलवार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आजपाले आपत्ति जनाएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साह विज्ञप्ति निकालेर सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरूपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको बताएका छन् ।

‘यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिन चाहन्छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘‘गौर हत्याकाण्डका अपराधीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरूसँग जोडदार माग समेत गर्दछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस