२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी नहुँदा रोकियो नागरिकता वितरण, सेवाग्राही मारमा

अ+ अ-

काठमाडौँ । कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन्। खोटाङको खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

कार्यालयका नासु तथा सूचना अधिकारी लक्ष्मी प्रसाद ढकालका अनुसार गृह मन्त्रालयले शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण र सिफारिस लगायतका सेवा रोकिएका हुन् ।

ढकालका अनुसार कार्यालयका सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि जिल्ला प्रशासन कार्यालय धाउन बाध्य छन् ।

यसअघि इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर नासु मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको थियो। ६-६ महिनाका लागि दिइने कायममुकायमको म्याद असार २६ गते सकिए पनि मन्त्रालयले म्याद थप्ने अर्थात् अर्को व्यवस्था नगर्दा सेवा प्रभावित भएको हो।

यता निमित्त प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहका अनुसार गृह मन्त्रालयले म्याद नथप्ने र नयाँ कर्मचारी पठाउने बताएको छ । तर कहिले पठाउने भन्ने यकिन नभएको शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस