काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर चोकमा एक लेन थप्ने काम सुरु भएको छ । ट्राफिक जाम घटाउन चोकबाट दायाँ मोडिने सवारी साधानका लागि एक ‘टर्निङ लेन’ थप्ने काम भइरहेको हो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा चोक सुधारको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका ४४ वटा मुख्य-मुख्य चोकमा ‘टर्निङ लेन’ थप्ने तयारी भएको जनाइएको छ । बढी व्यस्त हुने चोकहरूमा ट्राफिक जामको समस्या हटाउन मन्त्रालयले ‘टर्निङ लेन’ बनाउन लागेको हो ।