उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्न माग « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्न माग


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका छन्।

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फरक काँग्रेसीहरूले राजनीतिक दलका उच्च तहका नेताहरूको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए। उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गरी रूपान्तरणको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ।

‘धनराज गुरुङ यदि फरक काँग्रेस हो, शेखर कोइराला यदि फरक काँग्रेस हो भने हामीले पहिला हाम्रो सम्पत्ति छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ । छानबिन समिति आयोग गठन गर भन्नुपर्छ । म आफैँ सरकारमा छु । म भन्दै छु,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस