नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी अरु कोही छैन : विमलेन्द्र निधी « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी अरु कोही छैन : विमलेन्द्र निधी


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा कम्युनिस्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी नेपाली काँग्रेस मात्रै रहेको जिकिर गरे।

उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको बताए। उनले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस