भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्छु : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्छु : गृहमन्त्री श्रेष्ठ


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् ।

भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उनले बताए ।

आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रूपमा नलिएको बताए ।

उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौँ । विभिन्न ढङ्गबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौँ, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

गठबन्धन भित्रैबाट प्रयास भएको हो रु भन्ने जिज्ञासामा उनले भने, ‘हुनसक्छ । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली काँग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ रु भन्न त सकिन्न नि रु तर मूलभूत रूपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’

उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणको अनुसन्धान नरोकिएको बताए ।

अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस