यी हुन् सर्वाधिक मूल्यमा नेपाल आयात भएका १० वस्तु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यी हुन् सर्वाधिक मूल्यमा नेपाल आयात भएका १० वस्तु


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपालमा सर्वाधिक आयात हुने वस्तुको शीर्ष स्थानमा डिजेल परेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल भित्रिएको छ ।

योसँगै बढी भित्रिनेमा पेट्रोल, खाना पकाउने एपी ग्यास, फलामजन्य कच्चापदार्थ, सोयाबिन तेल, कोइलाजन्य सामग्री बढी आयात हुने गरेको छ ।

कच्चा पाम तेल, स्मार्ट फोन, औषधिजन्य सामाग्री पनि बढी आयात हुने सूचीमा रहेका छन् । युरिया मल पनि बढी आयात हुने १०औँ स्थानमा रहेको छ । युरिया मल गत आर्थिक वर्षमा २२ अर्ब ९४ करोड ६० लाख रुपैयाँको आयात भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस