लोक सेवाको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द राखिएको भन्दै प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लोक सेवाको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द राखिएको भन्दै प्रदर्शन


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । लोक सेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । उनीहरूले पुस्तक प्रकाशन गृहविरुद्ध पनि नाराबाजी गरेका थिए ।

नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वन रक्षक पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द समावेश गरिएको क्रान्तिकारीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस