काठमाडौँ । २६ जना सहसचिवको सरुवा गर्दा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल पनि फेरिएका छन् । आफ्नो २७ महिनाको कार्यकाल विवादरहित तवरले पुरा गरेका अर्यालले गृह रोज्दा उनको ठाउँमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती आएका हुन् ।
जनप्रतिनिधि र कर्मचारीबिचको सुमधुर सम्बन्धका विच सहज सेवा प्रवाहसँगै विकास निर्माणमा लिएको गतिको जस प्रमुख प्रशासकीय अधिकृत अर्यालमाथि पनि जान्छ । अधिकांश स्थानीय तहमा जनप्रतिनिधि तथा स्थानीय तहकै कर्मचारी बिच पक्ष/विपक्ष, झैँ झगडादेखि कुटाकुट र कामै गर्न नसकेर फिर्ता भइरहेको अवस्थामा अर्याल भने नगर प्रमुखले नचाहँदा नचाहँदै सरुवा भई गएका हुन् ।
सम्बन्धित समाचार : पूर्वाधार विकास र सम्पदा संरक्षणमा अग्रसर ललितपुर महानगर
राजश्व प्रणाली सुधार, वडालाई विकास निर्माणको पूर्ण अधिकार प्रत्यायोजन, काम नगर्ने निर्माण व्यवसायी माथि कारबाहीलगायत उनको कार्यकालका उल्लेख्य उपलब्धी रहेका छन् ।
सम्बन्धित समाचार : वातावरणीय दृष्टिकोणले संसारकै उत्कृष्ट र नमुनायोग्य महानगर बनाउने अभियानमा छौँ : प्रमुख प्रशासकीय अधिकृत अर्याल
सबैलाई मिलाएर लैजान सक्ने क्षमताकै कारण कहिँकतै विवादित नभएका अर्यालकै लय नयाँ प्रमुख प्रशासकीय अधिकृत भारतीले समात्लान् त ? नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरू पर्ख र हेरको अवस्थामा छन् ।