ओलीले गरे कम्बोडियाको चुनाव पर्यवेक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओलीले गरे कम्बोडियाको चुनाव पर्यवेक्षण


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचन पर्यवेक्षण गरेका छन्।

अध्यक्ष ओली सहभागी रहेको टोलीले चुनावको पर्यवेक्षण गरेको हो। ओलीको सचिवालयले बताएअनुसार उनले पर्यवेक्षण गरेका निर्वाचन केन्द्रहरूमा शान्त रूपमा निर्वाचन भएको थियो।

९७ लाख १० हजार ६६५ मतदाताले १२५ जना विधायक चुन्ने कम्बोडियाको निर्वाचनमा ३३४ जना विदेशी पर्यवेक्षक थिए।

कम्बोडियाको निर्वाचनमा देशभर २३ हजार ७८९ मतदान केन्द्रहरू छन्। तीमध्ये ओली सहभागी टोलीले दुई वटा निर्वाचन केन्द्रको पर्यवेक्षण गरेको थियो।

निर्वाचन पर्यवेक्षणपछि अध्यक्ष ओलीले श्रीलङ्काका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग भेटघाट गरेका थिए। गत बिहीबार राति कम्बोडिया गएको नेपाली डेलिगेसनमा एमाले उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, पूर्वसांसद एकनाथ ढकाललगायत सहभागी थिए। अध्यक्ष ओली मङ्गलवार साँझ नेपाल फर्किने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस