प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ 


७ श्रावण २०८०, आइतबार


पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ४५ लाख रुपैयाँ ठगीको आरोपमा काठमाडौँ नागार्जुनका राजेन्द्रप्रसाद खनाल र उनका सहयोगी विशाल खनाललाई आइतबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले आफू प्रधानमन्त्रीको सल्लाहकार भएको र राजनीतिक पहुँचका आधारमा नाफा हुने गरी विभिन्न व्यवसायमा लगानीका नाममा पैसा लिएर ठगी गरेका हुन् । उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता रहेको छ । खनालद्वय पीडितको ४५ लाख तथा जिपसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस