लघुवित्तीय संस्था खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लघुवित्तीय संस्था खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । काठमाडौँमा लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन भएको छ। 

आइतबार लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौँमा प्रदर्शन गरेका हुन्।

उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए। 

भद्रकाली पुगेर उनीहरूले कोणसभा समेत गरेका छन्। उनीहरूले वित्तीय दलाललाई कारबाही गर, लघुवित्त संस्था खारेज गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका कागज बोकेका थिए। 

लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने लगायत माग राखेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस