विपक्षमा रहेका दलहरू सत्ता नपाएपछि रन्थनिएका छन् : एनपी साउद « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विपक्षमा रहेका दलहरू सत्ता नपाएपछि रन्थनिएका छन् : एनपी साउद


७ श्रावण २०८०, आइतबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरू तिल्मिलाएको बताए ।

विपक्षमा रहेका दलहरू सत्ता नपाएपछि रन्थनिएको उनले बताए । ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरूले आक्रमण गरिराखेका छन्,’ साउदले भने ।

असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताए । सत्ता गठबन्धन र काँग्रेस सही ट्रयाकमा हिँडिरहेको उनले दाबी गरे ।

साउदले अदालतको विचाराधीन मुद्दामा बोल्नुपर्ने अवस्था नरहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस