काठमाडौँ आईपुगे चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ आईपुगे चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता 


७ श्रावण २०८०, आइतबार


काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौँ आइपुगेका छन् । श्रीलङ्का भ्रमण सकेर उनी काठमाडौँ आएका हुन् ।

युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौँ रहँदा उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन् । यद्यपि प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।

शनिबार नै प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरिसकेका छन् । तर युआनको यो भ्रमणमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने तयारी रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस