१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता समाजवादी पार्टीले राखेन ७० वर्षे उमेर हद

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी कमिटीमा उमेर हद नराख्ने गरी विधानको प्रमाणीकरण गरेको छ। असार १० गतेदेखि १२ गतेसम्म चलेको अधिवेशनमा ७० वर्षको उमेर हदको प्रस्तावसहितको विधानको मस्यौदा प्रस्तुत गरिएको थियो ।

विधान महाधिवेशनमा १३ सदस्यीय पदाधिकारीको पनि मस्यौदा प्रस्तुत गरिएको थियो। हिले प्रमाणीकरण गरेर निर्वाचन आयोगमा बुझाइएको विधानमा १७ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ। 

विधानमा गैरभौगोलिक विशेष प्रदेश समितिको संरचना हटाई केन्द्रीय सम्पर्क समिति बनाइएको छ। एक सय ५१ सदस्यीय रहने केन्द्रीय समितिमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ। 

पदाधिकारी तथा सदस्य निर्वाचनमा तीन जना निर्वाचित हुने पदमा एक महिलासहित सामाजिक समूहको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एकतिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी खस आर्य, आदिवासी, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातिय सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था गरिएको छ।

प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। 

यसैबीच जसपाले झन्डा र लोगो पनि फेरेको छ। विधान अधिवेशनमा अधिकांश सदस्यको झन्डा र लोगो फेर्नुपर्ने राय थियोे। त्यसअनुसार विधान प्रमाणीकरण झन्डाको पृष्ठभूमि बदलिएको हो।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ। त्यस्तै पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनसार पहिले कायम रहेको लोगोमा मुठीसहितको हात राखेर बनाइएको छ।

प्रतिक्रिया दिनुहोस