डोटीमा खप्तड शैलेश्वरी गोल्ड कप दोस्रो संस्करण सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डोटीमा खप्तड शैलेश्वरी गोल्ड कप दोस्रो संस्करण सुरु


७ श्रावण २०८०, आइतबार


डोटी । डोटीमा खप्तड-शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता २०८० दोस्रो संस्करण शनिवार देखी सिलगढीमा सुरु भएको छ । 

डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा जिल्ला स्तरीय खप्तड शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पुर्‍याउन र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग बाणिज्य संघडोटीका अध्यक्ष मोहन कलेलले बताबताए। 

उद्घाटन खेल भैरव प्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । 

पहिलो खेलमा भैरव प्रसाद गण पुर्विचौकी गाउँपालिकासँग ८-१ गोल अन्तरले विजयी भएको हो । खेलको पहिलो हाममा दुई गोल गरेको भैरव प्रसाद गण ‘ए’ ले दोस्रो हाफमा थप ४ गोल गरेको थियो भने पहिलो हाफमा गोल गर्न नसकेको पुर्विचौकी गाउँपालिकाले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरव प्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

शनिवारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका ८ वटा टिमले सहभागिता रहेको समेत प्रमुख सेनानी कार्किले बताए । बाकी खेलहरु  डोटी उद्योग बाणिज्य सङ्घ र डी एस एस टिम रहेका छन् । यस्तै, पोल “बि” अन्तरगत सिवाईएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बिं) र सेती प्राविधिक शिक्षालय बिच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस