बसको ठक्करबाट दुई जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बसको ठक्करबाट दुई जनाको मृत्यु


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका-१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए।

गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृतक काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ र मकवानपुर हेटौँडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबा छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस