जलेश्वर भन्सारको राजस्व असुलीमा कमी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जलेश्वर भन्सारको राजस्व असुलीमा कमी


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको  राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो । 

जलेशवर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले  आर्थिक वर्ष २०७९/८० मा रु तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा रु दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोड कम राजश्व असुल भएको छ । 

प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो । जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ। 

Tags :
प्रतिक्रिया दिनुहोस