गृहमन्त्री श्रेष्ठको सचिवालयले फिर्ता लियो गणेश बस्नेतविरुद्धको उजुरी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री श्रेष्ठको सचिवालयले फिर्ता लियो गणेश बस्नेतविरुद्धको उजुरी


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिएको छ । शनिबार बस्नेतसहित प्रेस सेन्टरका पदाधिकारी र मन्त्री श्रेष्ठबीच सहमति भएसँगै उजुरी फिर्ता भएकाे हाे । 

‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गरेर भ्रमको खण्डन गर्ने र गलत सूचनाबाट पोस्ट भएकाले गल्ती महसुस गर्ने गरी सहमति भयो’, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले भने । 

बस्नेतले बुधबार साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेखेका थिए । यसपछि बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको थियो । 

बस्नेतले समाजिक सञ्जालमा पोस्ट गर्दा मन्त्री श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा दुःख व्यक्त गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस