चार प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चार प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभावले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस