काठमाडौँ । ‘तेस्रो लट’सहित गरी १३ जना सचिव(विशिष्ट श्रेणी)को सरुवा गरिएको छ । हिजो(बुधवार)को मन्त्रिपरिषद्को निर्णय अनुसार ‘पहिलो लट’मा चार र ‘दोस्रो लट’मा दिउँसो थप ६ गरी १० सचिवको सरुवा भएकोमा थप ‘तेस्रो लट’मा तीन जना गरी अहिलेसम्म १३ जना सचिवको सरुवा भएको विवरण प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।
पहिलो र दोस्रोका अधिकांश सचिवहरू पत्र बुझे पनि ‘तेस्रो लट’का लागि करिब ६ बजेतिर मात्रै फोन गएकोले अब भोली बुझ्ने भन्दै सचिवहरू घरतिर लागेको बुझिएको छ ।
‘तेस्रो लट’ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको वित्त आयोग र त्यहाँका भरतमणि सुवेदीको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन मन्त्रालयका सुरेश अधिकारीको शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
सम्बन्धित समाचार : थप ६ सचिवको सरुवा, १० सचिव चलाउँदा तीन प्रदेश प्रमुख सचिव रिक्त
‘तेस्रो लट’को सरुवासम्म पनि तीन प्रदेशको प्रमुख सचिव पद रिक्त राखिएको छ ।
सम्बन्धित समाचार : चार सचिवको सरुवा, उद्योगमा निरौला
निकै लामो रस्साकस्सी पछि सचिवको सरुवा भएको छ ।
अझै पनि थपिन सक्ने सम्भावना भने यथावत नै छ ।