काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिन चल्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिन चल्ने


४ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले सो कुरा बताएका हुन्। 

उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताए। ‘नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ। यो बैठक जारी छ। भोलि ११ बजेका लागि बैठक तोकिएको छ,’  पौडेलले भने।

उनले केन्द्रीय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए।

केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम जारी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आइतबार पनि यो क्रम जारी रहन्छ।’

नेता पौडेलले बैठक शुक्रबार र आइतबार बस्ने बताए। उनले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस