खानेपानीका लागि ‘एक घर, एक फिल्टर’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खानेपानीका लागि ‘एक घर, एक फिल्टर’


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिकाको दुई वटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ ।

वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उनले भने, ‘त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयवासीलाई नि:शुल्क फिल्टर वितरण गरिएको हो ।’

फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय र वडा कार्यालयलगायत विभिन्न सङ्घ संस्थामा सुरक्षित खानेपानीको सुनिश्चितता भएको स्थानीय मिलनसार युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठले बताए । पिपलटार क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा आएपछि खानेपानीका लागि पिपलटारमा ‘एक घर, एक फिल्टर’ कार्यक्रम लागू गरी प्रत्येक घरलाई फिल्टर नि:शुल्क वितरण गरिएको उनको भनाइ थियो । वडा कार्यालय र क्लबको पहलमा नि:शुल्क फिल्टर पाएपछि स्थानीयवासी खसी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस