अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् ।

मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् । मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका अध्यक्ष डा.विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका हुन् ।

अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका विषयमा जनगुनासो बढेकाले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ । शुल्क लिने व्यवस्था हटाइ सवारीसाधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले असार १५ गते नै सबै अस्पताललाई निर्देशन गरेको भन्दै उनले साउन महिनाबाटै यसको कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । कतिपय अस्पातलले बिरामी र तिनका आफन्तबाट पार्किङ शुल्क लिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस