काठमाडौँ महानगरले शिक्षकलाई मासिकरूपमै तलब खुवाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरले शिक्षकलाई मासिकरूपमै तलब खुवाउने


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।

स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब खुवाउने व्यवस्था गरेको महानगरकी उपमेयर सुनिता डंगोलले बताइन् ।

सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएको छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने दिने व्यवस्था गरेको हो ।

उपमेयर डंगोलले भनिन, यो वर्षदेखि महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब दिने व्यवस्था गरेको छ । स्रोत भर्ना कोषमार्फत महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिकरूपमै तलब पाउने व्यवस्था गरेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस