काठमाडौँ । बन्चरेडाँडाका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका ट्रक फेरि रोकेका छन्।
फोहोर बोकेर बन्चरेडाँडा गएका ट्रक बिहानदेखि आलेटारमै रोकिएको काठमाडौँ महागरपालिकाअन्तर्गत ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताए।
‘आन्दोलनमा स्थानीयको नाममा जनप्रतिनिधिहरू नै हुनुहुन्छ। बिहानैदेखि फोहोरका गाडी बन्चरेडाँडा जान सकेका छैनन्,’ इन्चार्ज श्रेष्ठले भने, ‘उहाँहरूको अहिलेको समस्या महानगरसँग भन्दा पनि सहरी विकास मन्त्रालयले गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएकोबारे छ।’
उनका अनुसार हाल आलेटारमा ६५ वटा ट्रक लाइनमा बसेका छन्।