दुई समितिको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई समितिको बैठक बस्दै


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुई वटा समितिको बैठकहरू बस्ने भएका छन् ।

संसद सचिवालय सिंहदवारमा आज (सोमबार) प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बोलाइएको हो ।

संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि दुवै बैठक बोलाइएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिड समिति सम्बन्धमा पूर्व उपसभामुख तथा पूर्व प्रतिनिधिसभा सदस्य पुष्पा भुसालको प्रस्तुति रहनेछ ।

त्यसमाथि बैठकमा छलफल हुने सचिवालयले जनाएको छ । दुवै समितिको बैठक आ–आफ्नै सभाकक्षमा बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस