बढ्यो हवाई भाडा ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बढ्यो हवाई भाडा !


३१ असार २०८०, आइतबार


काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि हवाई भाडा वृद्धि हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो दिनदेखि नै लागू हुने गरी अहिलेको भाडामा करिव ६ प्रतिशत वृद्धि हुने वायुसेवा सञ्चालक सङ्घ, नेपालले जनाएको छ ।

सङ्घले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ -‘गत जेठ १५ गते अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत घोषणा गरे अनुरूप हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यहोरो सर्वसाधारण तथा यात्रु महानुभावहरुलाई जानकारी गराइन्छ ।’

‘तसर्थ नेपाल सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरिएको उक्त व्यवस्था अनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरूले साउन १ गते (१७ जुलाई २०२३) देखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस