श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै ट्रेड युनियनको प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै ट्रेड युनियनको प्रदर्शन


३१ असार २०८०, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसको श्रमिक संगठन नेपाल ट्रेड युनियनले, श्रमिकलाई ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौँको माइतीघरमा भेला भइ नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमूलक प्रदर्शन गरेको हो ।

प्रद्धर्शनमा सहभागी नेपाल ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुमार कुँवरले, प्रत्येक दुई वर्षमा श्रमिकको पारिश्रमिक वृद्धि हुनुपर्ने र न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर्नु पर्ने माग सम्बोधन गर्न माग गर्दै प्रदर्शन गरिएको बताए ।

उनले भने ‘सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर्नु पर्छ भन्ने छ तर त्यो भएको छैन । सरकारलाई दबाब सिर्जना गर्नको लागि र मजदुरले उचित पारिश्रमिक पाउन भन्ने हाम्रो माग छ । ’

उनीहरूले ‘श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर’ लेखिएको प्लेकार्ड लिएका उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरूको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग सहित प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस