संघीय सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह 


३१ असार २०८०, आइतबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई आग्रह गरेको छ।

संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले आज एक सूचना जारी गर्दै सांसदहरूलाई आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१)बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस