नेपालबाट पहिलो पटक हेलेज चीन निर्यात « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालबाट पहिलो पटक हेलेज चीन निर्यात


३० असार २०८०, शनिबार


काठमाडौँ । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक पशुपालनका लागि उपयोगी हेलेज (पशु आहार) चीन निर्यात सुरु गरिएको छ । चितवनको भरतपुरबाट चीनमा हेलेज निर्यात सुरु गरिएको हो ।

भरतपुरमा उत्पादित प्याकिङ घाँस हेलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको सुरुआत भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लैजान जरुरी रहेको उनले बताए ।

सो अवसरमा हाइलेज पशु आहार ‘लोड’ गरिएको १० ट्रकलाई चीनतर्फ पठाइएको थियो । करिब ८० टन हेलेज चीनको सिगाचेमा पठाइएको हो । करिब तीन वर्षको प्रयासपछि नेपालको हेलेज चीन पठाइएको छ । चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हेलेज उत्पादन हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस