२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले बगायो दश जग्गाको सीमा स्तम्भ

अ+ अ-

काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका-२ स्थित दश जग्गामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ।

निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दश जग्गामा रहेको १४०/१५ नम्बर अंकित सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उनले बताए।

असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन्। अविरल वर्षाका कारण दमक-४ ताराबारीस्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ।

बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ कटान गरेको छ। अस्थायी प्रहरी पोस्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक-४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ।

जिल्लाको बाह्रदशी-२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन्।

गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा  २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किएका छन्।