जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडा बाख्रा मरे, ७० वटा हराए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडा बाख्रा मरे, ७० वटा हराए


३० असार २०८०, शनिबार


जुम्ला। जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडा बाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडा बाख्रा मरेका हुन् भने ७० वटा भेडा बाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरिनरी शाखाका प्रमुख गगन केसीले बताए । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडा बाख्रा चट्याङबाट मरेका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडा बाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । ठूलो संख्यामा भेडा बाख्रा चट्याङबाट मरेपछि किसान चिन्तित भएका छन् ।  

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए । उनले भने ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।’ स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस