काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरुले आधारभूत अधिकारसमेत नपाइरहेको बताए। उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताए।
अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभई आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताए।उनले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने उल्लेख गरे।
उनले भने, ‘आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र। साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन।’